स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन
सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटर भुक्न सकिन
कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन
डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन
स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन
सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटर भुक्न सकिन
कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन
डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन
नापेर मुर्दा अब एक कात्रो बेरेर जाउ प्रिया
बल्दा समाधी जल पुष्प राखी घेरेर जाउ प्रिया
रोजेर मैले किन पाउथे नै त्यो दैबले नलेखी
भाग्य बिधाता भुलि कर्म रेखा केरेर जाउ प्रिया
बेबारिसे भो किन आज आँफै यो लाश आँगनीमा
त्यै लाश टेकी फरिया र चोली फेरेर जाउ प्रिया
मेरो मलामी रमिते छ आँफै के खोज्छ लाश माथी
जल्दै छ चीता यहि एक द्रिष्य हेरेर जाउ प्रिया
अगाडि छ भुँडी, झन् बढ्यो झन् देखे,
भित्रभित्रै स्वार्थी-पन बढ्यो झन् देखे !
अनेक जडिबुटी, जन्तु अनि वृक्ष,
रातमै धनी पार्ने, वन बढ्यो झन् देखे !
सम्झे सबै आफ्ना, नसम्झे बिराना,
आफ्ना सम्झनेको, जन बढ्यो झन् देखे !
मनको महिमा म, खै कसरी गाऊँ?
जति पनि बढ्ने, मन बढ्यो झन् देखे !
नभए यौटै पीर, भए हजार भन्छन्,
दिनैपिच्छे अकुत, धन बढ्यो झन् देखे !
कति हान्नु तिर याहाँ, कति रोप्नु झिरले
दुख्नु पर्नेलाई छुदै छुन्न, मरिने भो पिरले॥
श्रृष्टिको यो संरचना, सौन्दर्यको नमुना
चिथोरेर कुरुप पारे, गलिने भो पिरले॥
कान यीनका बहिरा भए, दिमाग खुराफाति
परिणामको ठेगान छैन, जलिने भो पिरले॥
लक्ष एउटै बाटा अनेक, मिलन बिन्दु छैन
मिल्यौ भन्छन् टाढिन्छन्, ढलिने भो पिरले॥
मालिको दुर्बुद्धि वा, अहङ्कारको मारले
फूलबारि उजाडिदो छ,पिलिने भो पिरले॥
दिन गयो मैहिना अनि वर्ष पनि जान्छ सानु
आफ्नै भन्ने यो घरबारी, साहुले नै खान्छ सानु
दु: खले नै जोगाएको यो, सानो हाम्रो घर बारी
जान्छन अब गाँउ छाडेर, भन्दै तिर हान्छ सानु
हिटलरको झै मन छ उस्को, घर आई थर्काईरन्छ
जस्तो तस्तो मान्दैन रे गैरी खेतै छान्छ सानु
पुर्खाको यो निशानिलाई, खान दिन्न उस्लाई भनि
मैले पनि काम गर्दै छु, मन कहाँ मान्छ सानु
कति दु: ख काट्दै बस्छौ, परदेशी त्यो भुमिमा
केही गरी फर्क छिट्टै, नत्र सबै लान्छ सानु
जानी राखे यो धर्न धारी हिंड्ने मान्छेकै जात
थाहा छ गर्दै कर्म नामी किड्ने मान्छेकै जात
उहिल्यै मान्छे अंङ छोप्थे व्रिछ बोक्रा पातले
नाङ्गै छ आज शर्म फाली हिंड्ने मान्छेकै जात
मानव सभ्यतासङै त्यो पाप कार्य बढ्दो छ
लाजै मर्नु भो धर्म साटी हिंड्ने मान्छेकै जात
हाड बिनाको जिब्रो लडबडियो अन्तै भनी
सत्य मेवको अर्थ सारी हिंड्ने मान्छेकै जात
किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त
थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त
बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थ लाई बैतरणी तारिदिन्छु म त
गज़लकार भएँ भन्दै साथीसंगाती लाई
धाक धक्कुसंगै मख्ख पारिदिन्छु म त
किन होला मष्तिष्क नै थाकेको छ आजभोलि
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि
अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि
बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै
समयले खाडलमा जाकेको छ आजभोलि
तुवालो र कुहिरो झैँ फैलिएर आकांक्षालाई
कालो कालो बादलुले ढाकेको छ आजभोलि
डर र त्रासले सताउँदै रात दिन सधैँ भरि
नियतिले तीखो वाण ताकेको छ आजभोलि
सोझासिधा निमुखाको आश टुट्नु हुन्न
थिचिएर निसासिंदै सास टुट्नु हुन्न
संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न
सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार
भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न
हेरविचारको खाँचो पर्छ उमेर ढल्के पछि
बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न
झुटो आशा दिलाएर साथ दिन्छु भन्दै हिन्यौ ।
बिषको नशा पिलाएर साथ दिन्छु भन्दै हिन्यौ ।।
आफन्त सबै विर्सिएर मुटुभित्र तिम्लाई राखी ।
माया सारा बिलाएर साथ दिन्छु भन्दै हिन्यौ ।।
बाचागरि संगै जिउने बिचैमा हात छोडी भाग्यौ ।
काँडा मनमा गडाएर साथ दिन्छु भन्दै हिन्यौ ।।
पत्थरसंग माया मागी मुर्ख बन्नु रैछ यहाँ ।
फाटेको मन सिलाएर साथ दिन्छु भन्दै हिन्यौ ।।