गाउ छोडि अन्तै बसाइ सर्न मन लाग्यो ।
फट्के पुल आशु खसाइ तर्न मन लाग्यो ।।
मेरी सानु आफ्नै गाउ बेहुली मा ल्याउदा ।
घाट तिर कात्रो सजाई झर्न मन लाग्यो ।।
अन्माई उन्को डोली जन्ती फर्की आउँदा ।
गला माथि पासो लगाइ मर्न मन लाग्यो ।।
बाटो घाटो र पधेरी मा सधैं भेट हुँदा ।
वहाना को हासो बनाइ छर्न मन लाग्यो ।।