अफिस जान्छु भनेर, जान्छ्यौ डेटिङ तिर!
एकछिन ढिलो हुंदा नि, मलाई कत्रो पीर!!
अस्ति विहे हुंदा त, छैन केटा भन्थ्यौ,
आज यो मुटुमा नै, रोपी छाड़यौ झीर!!
भत्क्या घरको बिग्रिने, चाल यस्तै हुन्छ,
म नि डेटिङ जांदापो, खाऊलिस खिरैखिर!!
अफिस जान्छु भनेर, जान्छ्यौ डेटिङ तिर!
एकछिन ढिलो हुंदा नि, मलाई कत्रो पीर!!
अस्ति विहे हुंदा त, छैन केटा भन्थ्यौ,
आज यो मुटुमा नै, रोपी छाड़यौ झीर!!
भत्क्या घरको बिग्रिने, चाल यस्तै हुन्छ,
म नि डेटिङ जांदापो, खाऊलिस खिरैखिर!!
गुलाबको सुवासले गर्दा फेरि सम्झे तिमीलाई
त्यही फूलको काँडाले घोच्दा पनि सम्झे तिमीलाई
तिम्रो आँशु मेरो मुटुको गहिराईबाट बग्छ
बहेको तिम्रो आँशुले गर्दा फेरि सम्झे तिमीलाई
सुख दु:ख त जीवनमा आउने घाम छाया न हो
त्यही घाम ताप्न लाग्दा फेरि सम्झे तिमीलाई
अनुहार लाल लाल, कस्तो लजालु स्वभाव तिम्रो
त्यही लाजा बुझ्न खोज्दा फेरि सम्झे तिमीलाई
तिमी आँशु बनेर खस्यौ ।
कालो नाग बनेर डस्यौ ।।
साथ दिन्छु भनेर छिनै ।
अंगालोमा बाधेर कस्यौ ।।
माया दिने बहाना बनाई ।
छुरा हानी दिलमा धस्यौ ।।
हेर्दा तिमी सोझोनै देख्थे ।
काँडा बनी मुटुमा बस्यौ ।।
आँखाबाट निकाले नि, परेलीमा अल्झिरह्यौ!
यो दिलको घाऊ बनी, घरी घरी बल्झिरह्यौ!!
सोतार-सातार बटुलेर, बार बेर गरी राख्या,
यो मनको झुपडीमा, आगो बनी सल्किरह्यौ!!
थाहै नपाई घरभित्र, लुकी लुकी चोरी चोरी,
दुध खान पल्किएको, बिरालो झै पल्किरह्यौ!!
विहानीको घामजस्तै, आँखाअघि झुल्किरह्यौ!
यो दिलको घाऊ बनी, घरी घरी बल्झिरह्यौ !!
नआउ तीमी फाटेको मन आँफै सिउछु,
नयन भिजाई झर्दा आशु आँफै पिउछु।।
सङ्गै हिड्दा गोरेटो मा साथ छुट्यौ भने,
यो मन रिझाई जसो तसो आँफै जिउछु।।
खोली तर्दा भङ्गालो मा अन्तै मोड्यौ भने,
माया तार्ने सागरबिच डुङ्गा आँफै ख्याउुछु।।
मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु।।
गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।
सुन चाँदी नखोज भो चाहिदैन दाईजो पनी,
अजम्बरी माया लिई आउने सँग बिहे गर्छु।।
ब्रर्त बसी सधै भरी गरेर त्यो पूजा पाठ,
चैत्र ,गुम्बा मन्दिर तिर धाउने सँग बिहे गर्छु।।
कैलै मैले सताएर ठुस्की बस्दा पटाएर,
मीठो बोली सधै भरी छाउने सँग बिहे गर्छु।।
मेरा आकांक्षाहरु च्यातिएर छरिएका छन् यता उता
मेरा आशाहरु बादल झै फाटी सकेका छन् कुर्दा कुर्दा !
मुटु संग संगै छौ भन्ने मीठो आभास हुन्छ मलाई
पल मै आफनै छायाँ रहेछ भनी आघात हुन्छ मलाई !
फर्कन्छौ कहिले भनि, म त थिए औला गन्दा गन्दै
फर्की सकेछौ तिमी भने, म त तिम्रो बाटो रुग्दा रुग्दै !
प्रतिक्षाको अधीर हिमसैलले आफैलाई थिच्न थाल्यो
आकाक्षाका फूलका माला अब हातैमा सुक्न थाल्यो !
जीवन जहरै जहर भो अब, मर्न देउ खुसीले मलाई बरु
नतडपाऊ सुकरात झै प्रिय,चाडै पिलाउ बिष घोलेर बरु !!!
तिमीबिना बाँच्न साक्दिन म
तिमीरुदा हास्न सक्दिन म !!
तिमीनै त हौ मेरो पहिलो प्रेम
अन्तैनाता गास्न सक्दिन म !!
मुटु भित्र सजाएर अरुकसैलाई
तिम्रो माया मास्न सक्दिन म !!
छातीमा टासिएकोछ तिम्रो तस्बिर
अरुको तस्बिर टास्न सक्दिन म !!
तिमीबिना बाँच्न साक्दिन म
तिमीरुदा हास्न सक्दिन म !!
जिन्दगीकै गहिरो त्यो, भास देखेर रोए
दु: ख पर्दा हास्दै हिड्ने, मास देखेर रोए
तिर्न सकिन दश धारा, त्यो दुधको भारा
आमा साहुले फालेको त्यो, बास देखेर रोए
लाचार छु म जुटाउन, नसक्दा एक माना
आँशुले मुछ्दै खाएका तिम्रा, गाँस देखेर रोए
समयको खेल भयो, जिन्दगी यो मेरो
जुवाडेले खेल्दै गर्या, तास देखेर रोए
पछुतोमा जल्दै छु म, मनको आगो भित्र
गरीबिले ढलेको त्यो, लास देखेर रोए
फाटेको मन टालो हाली, सिऊँ लाग्दैन,
अर्को कुनै मन सापटी, लिऊँ लाग्दैन !
हृदयको चोखो माया, पायौ तिमीले,
काटे-मारे अरूलाई, दिऊँ लाग्दैन !
आफैँ छक्क पर्छु कान्छा, के भा' होला खै?
चिसोचिसो हिउँ पनि, हिउँ लाग्दैन !
धेरै खाएँ जीन्दगीमा, पुग्यो खान नि,
उबाएर पानी पनि, पिऊँ लाग्दैन !
एक दिन हाँसी जुनीभरि, रुने नियति,
हँसाउने कुनै निहुँ, निहुँ लाग्दैन !