भ्रमको पर्दा, च्यातन प्रिय
मनको मैलो, फ्याकन प्रिय
दिदैछु माया, यो अजम्बरी
मुटुमा सजाई, राखन प्रिय
कतिन्जेल बगाउँ, धरधरी आशुँ
प्रेमको आँचल, थापन प्रिय
गर्दिनौ भने, मायामा विश्वास
तुलोमै राखी, नापन प्रिय
भ्रमको पर्दा, च्यातन प्रिय
मनको मैलो, फ्याकन प्रिय
दिदैछु माया, यो अजम्बरी
मुटुमा सजाई, राखन प्रिय
कतिन्जेल बगाउँ, धरधरी आशुँ
प्रेमको आँचल, थापन प्रिय
गर्दिनौ भने, मायामा विश्वास
तुलोमै राखी, नापन प्रिय
कहिलेकाही फेसबूकमा भेट हाम्रो हुन्थ्यो काली
एक दुई दिन भेट नहुँदा योमन साह्रै ,रुन्थ्यो काली !!
राम्रा नराम्रा सन्चो बिसन्चो भएका सबै खबरहरु
सबै भन्दा पहिला तिमीलेनै ,सुन्थ्योउ काली !!
मर्म इस्पर्सी शब्दहरुले भरिएका तिम्रा स्टाटस हरु
पढ्दै जादा शब्द शब्द ले मेरो मन ,छुन्थ्यो काली !!
अनलाइनमा मलाई देख्दा मेरो च्याट रूममा आएर
मिठा मिठा पिरतिका बात हरु ,बुन्थ्योउ काली !!
नचम्क तिम्रो शान क्षणिक हो
मन्त्रीको स्वाभिमान क्षणिक हो ।
बेच लुट सक्दो मोज मज्जा गर
पदमा रित्तो बखान क्षणिक हो ।
कर्णाली रुँदैछ तिमी धोक्रो भर
बिदेशी यो अनुदान क्षणिक हो ।
जान्छ कुर्ची त्यो लुटिन्छ पजेरो
सिंहदरबारको पहीचान क्षणिक हो ।
कोशी गण्डकी उर्लिंछन जब
इँट सिमेन्टको ढलान क्षणिक हो ।
भट्टी भट्टी भेटिने जाँड हो र शहिद ?
नेताको थुतुनो टाल्ने माड हो र शहिद ?
बजार बजार बेचिने भो कोठी भित्र बेचे जस्तै,
मासु चुसी फालिने त्यो हाड हो र शहिद ?
मोल मोलाई गर्छन अरे दुताबासमा बैठक बसी,
खैरो कालो छाला लाई चाड हो र शहिद ?
भट्टी भट्टी भेटिने जाँड हो र शहिद ?
नेताको थुतुनो टाल्ने माड हो र शहिद ???
लुकी छिपी चोखो माया मै हुँ ला'को मान्छे हजुर ।
मुटू भरी मनै भरी माया भा'को मान्छे हजुर ।।
पहाडे म ठिटो परे तिमी पर्यौ तराईको ।
भेट्न भनी लेक बेँसी संधै धा'को मान्छे हजुर ।।
युगौ युग सँगै बाँच्ने बाँचा सारा बिर्सिएर ।
निष्ठूरीको जाल्मा परी धोका पा'को मान्छे हजुर ।।
तिमी बिना मर्छ भनि दिनु निर्झरालाई !
हो छट्पटि गर्छ भनि दिनु निर्झरालाई !
हरक्षण हरपल यादै यादमा टोलाउदै
मेरो मुटु चर्छ भनि दिनु निर्झरालाई !
बाडुल्की लाग्नै छोड्यो सम्झिन छोड्यौ सायद
आँखा आँशु भर्छ भनि दिनु निर्झरालाई !
समयले अलग-अलग बनायो 'प्रियसी'
सँगै जिउनु पर्छ भनि दिनु निर्झरालाई !!
बैंसालु त्यो उमेर ढल्केपछि थाहा पाउछौ
दैलोमा पापी-काल पल्केपछी थाहा पाउछौ
दुनिया रुवाई अट्टहास हाँसो-हाँस्छौ तिमि
परेलीमा सागर छल्केपछी थाहा पाउछौ
संसारमा सितल छु भन्ने दम्भ गर्छौ तिमि
अँधेरीमा चन्द्रमा टल्केपछी थाहा पाउछौ
मानिसको जिन्दगी यो परालको आगो जस्तै
चिता माथी दन्दनी सल्केपछी थाहा पाउछौ
साक्षी राखी अग्नी ज्वाला साथै बाँच्ने कसम खान्छु
मुटु भित्र जुनी जुनी प्रीती साँच्ने कसम खान्छु !!
परेली यो चुँ'दा ओत लाग्ने काख मिल्छ भने
हात राखी शिरमाथि सधैं हास्ने कसम खान्छु!!
पाले पुन्य मारे पाप तिमी नै हौ मेरो प्राण
खुशी दिए मयुर झै संगै नाच्ने कसम खान्छु !!
विश्वाशको दियो बाल्नु दुनियाँले डाह गर्दा
युगौ जाने अजम्बरी प्रीती गास्ने कसम खान्छु !!
छिमेकी ले कानफुक्दा सुन्न थाल्यौ ।
भित्र भित्रै जाल साजी बुन्न थाल्यौ ।।
गरीब देश का जनता झुक्याई ।
आँफै लाई नेता भनी चुन्न थाल्यौ ।।
कोशी,गण्डकी,कर्णाली,काली बेची ।
आफ्नोलागि सम्पत्तीपो तुन्न थाल्यौ।।
जनता ले भोट् दिए बुझ्ला भन्दै ।
गास बास खोसी आँफै उन्न थाल्यौ ।।
उता ठूलो काजी छ, यता सानो काजी छ,
पारिपट्टि माया छ, वारिपट्टि माझी छ !
हुनुपर्छ, छन् पनि, नाना थरी सुविधा,
जेजे भए पनि ऊ, देख्नलाई ताजी छ !
बाटोघाटो चौबाटो, हेरिसक्नु भएन,
नायिका नै भए ऊ, झन् नाङ्गिन राजी छ !
नाङ्गिनै पाउँदा, हाम्रो सम्मान चुलिन्छ त ?
नत्र किन त्यसैमा, यत्रो होड-बाजी छ ??