हारी सके जिन्दगि नै, जित को गजल लेख भन्छौ ?
बकम्फुसे माया प्रेम र, प्रित को गजल लेख भन्छौ ?
जात-भात, धर्म, धन, हेरी लाउछन माया जँहा,
फुश्रा-ढीडा, परम्परा, रित को गजल लेख भन्छौ ?
(हारी सके जिन्दगि नै, जित को गजल लेख भन्छौ ?)
काम पर्दा पाउ मोल्ने, नत्र को हो ? को हो ? भन्ने,
मितेरीको साइनो भुल्ने, मित को गजल लेख भन्छौ ?
(हारी सके जिन्दगि नै, जित को गजल लेख भन्छौ ?)
अरु को नै काँध टेकी, शिखर चुम्ने लक्ष्य राख्ने,
आफ्नै स्वार्थ हेर्ने लाइ, हित को गजल लेख भन्छौ ?
(हारी सके जिन्दगि नै, जित को गजल लेख भन्छौ ?)