खोला सँग-सँग बगर हो जीन्दगी,
अमृत मिसिएको जहर हो जीन्दगी ।
एक लाई बाँध्यता अनि बोझ,
अर्कोलाई खेल अनि रहर हो जीन्दगी ।
कसैलाई चीसो बाँस र ओछ्यान,
कसैलाई बाझो खेतको नहर हो जीन्दगी,
कसैलाई सितल मस्त-मस्त पवन,
कसैलाई पवनको कहर हो जीन्दगी ।
खोला सँग-सँग बगर हो जीन्दगी,
अमृत मिसिएको जहर हो जीन्दगी ।
एक लाई बाँध्यता अनि बोझ,
अर्कोलाई खेल अनि रहर हो जीन्दगी ।
कसैलाई चीसो बाँस र ओछ्यान,
कसैलाई बाझो खेतको नहर हो जीन्दगी,
कसैलाई सितल मस्त-मस्त पवन,
कसैलाई पवनको कहर हो जीन्दगी ।
बैंश झर्यो पात संगै कहा फुल्छ झरेपछि,
मुना हुदै ओइलिएर के फल्छ र मरेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
मन्को सबै ईच्छाहरू आधा अधूरी नै रह्रो,
कोपिला मै नशादेखि भित्रै बिष सरेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
कसो गरी बाँचू अब दिनै आँशु बगाएर,
पीड़ा ब्यथा सही एक्लै यहाँ बाँच्नु परेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
चढ्दो जवानीको तिमी मातमा थियौ,
म दिनमा खोज्दै हिडेँ तिमी रातमा थियौ
तिम्रो जवानीको चर्चा धेरै तिर सुनेँ मैले
हरेक ठिटाहरुले बोल्ने तिमी बातमा थियौ
सबको प्यास बुझाउने नशाको प्याला भएछौ क्यारे
नशाले मत्त हरेकको तिमी हात हातमा थियौ
धनभन्दा नि मन ठूलो माया नै हो सबथोक भन्थे
माया बोकी कुरीरहेँ तिमी नोटको खातमा थियौ
सक्दिन म जिउन नी निर्णय यो गरी सकें ।
अंश्रुधारा संगै म त बिलिन् हुन झरी सकें ।
थाकीसके मेरा सारा पाईला यो निरीह भै
बाहिर म बाँचे पनि भित्र भित्रै मरी सकें ।
पुरा हुन्न रहेछ ति सोंचे जत्ति लक्ष्य सबै
त्यसैले त उजाडीलो ओजेलमा परी सकें ।
चर्चाचल्यो गाउँभरि पिडित यो जिन्दगीको
अनि र पो लाजमानी एक्लासमा सरी सकें ।
आफ्नै भन्ने छायाले नि छलेको छ आज प्रिया,
तड्पि-तड्पी मुटु आफै जलेको छ आज प्रिया
भिजे होला सिरानी त्यो मध्य रात सम्झनामा
ऐठन यो मन भित्र चलेको छ आज प्रिया,
बर्षिदिंदा अश्रु धारा खोज्दी हौली काख मेरो
देहसङ्गै आँशु पनि गलेको छ आज प्रिया,
खाली पेट पिरैपिर मा जादैं छौ कि मेलापात
छट्पटिमा छाती मेरो बलेको छ आज प्रिया,
टिप्ना साथ ओइलि जाने, साग हो कि जिन्दगि यो
जोड, घटाउ,गुणन अनि, भाग हो कि जिन्दगि यो
जति पुरा गरे पनि, सधै रित्तो भए जस्तो
असिमित त्यो चाहानाको, माग हो कि जिन्दगि यो
हेर्दा राम्रो देखे पनि, जिउनलाई गाह्रो पर्ने
पिरो पिरो खुर्सानिको, राग हो कि जिन्दगि यो
यस्का लागि त्यस्का लागि, भन्दै सधै बाच्नु पर्ने
बिशालु त्यो बिश छर्ने, नाग हो कि जिन्दगि यो
ल हेर त काँडा बीच कति सुन्दर फूल सानू,
मनाकाशको बादल हटाई फूलजस्तै खुल सानु ।
जिन्दगीका पलहरू सङ्घर्षका पर्याय हुन्,
धर्ती फुटाई फुट्दछन् सृजनाका मूल सानू ।
कतै जोड्नु, कतै तोड्नु, कतै मोड्नु पनि पर्छ,
जीवनमार्ग सरल नभई यो छ वर्तुल सानू ।
अमृत-जहर दुबै छन्, समस्या हो पहिचानको,
जहर हैन, केवल अमृतसित घुल सानू ।
मैले ओढ्ने रोयो आकाश, तिम्लाई के भयो ?
चोट लाग्यो मुटुमा खास, तिम्लाई के भयो ?
फूलका ति च्यातिदैछन्, जवान अङ्ग-अङ्ग,
हेर ठप्प बन्यो सुवास, तिम्लाई के भयो ?
काँडा हान्दै रमाउँदैछ, माहिर जून पनि,
चल्नै छाड्यो मेरो बतास, तिम्लाई के भयो ?
केहि छैन रुनु बाहेक, ह्र्दय छामि हात,
मेरो गुम्यो जिउने साहस, तिम्लाई के भयो ?
नबोलेका कुराहरु मीठा लाग्छन् आजभोली
नखोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
दोषादोष मुखामुख गर्छौ तिमी केका लागि
नपोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
केके बोलें मातैमातमा खिचडी नै बन्यो अरे
नमोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
चाहे तिमी सुन हाल नत फेरी चांदी मिसाऊ
नघोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
यता उता हेर्छु तिम्रो चालै राम्रो लाग्छ काली
त्यो भन्दा नि अझैबढी गालै राम्रो लाग्छ काली ।
उत्ताउली छौ चन्चले छौ झंकारभने मीठो दिन्छ्यौ
गोरो हो कि कालो हो खोई छालै राम्रो लाग्छ काली ।
सल्किएका अंगहरु छल्किएका रंगहरु
पुस्टपुस्ट अग्लो जीउ डालै राम्रो लाग्छ काली ।
मन परेको मान्छेले त जे गरे नि राम्रै भन्छन्
ढल्की ढल्की हिड्ने तिम्रो तालै राम्रो लाग्छ काली ।