तीमी सङ्ग साथ मागे
खाली तिम्रो हात मागे
मन कतै भाग्नु पुर्व
पिरती को मात मागे
जिन्दगीयो थाक्न सक्छ
मिठा मिठा बात मागे
ईशारा ले हुन्छ भन्यौ
मायालु को जात मागे
तीमी सङ्ग साथ मागे
खाली तिम्रो हात मागे
मन कतै भाग्नु पुर्व
पिरती को मात मागे
जिन्दगीयो थाक्न सक्छ
मिठा मिठा बात मागे
ईशारा ले हुन्छ भन्यौ
मायालु को जात मागे
पराई को सिन्दुर पर्दा तीमिले केही मानेनौ ।
एउटा मुटु दुई वटा,हुँदा मलाई केही भनेनौ ।।
अन्माएर तीम्रो डोली,संघार काटी लान अघी ।
अग्नीराखी जीवनभाक्दा,अप्ठ्यारो नै मानेनौ ।।
मेरो दिलको धड्कन बढ्यो बेदना ले छट्पटाए ।
बेहोश हुँदै भुईमा ढल्दा,आफ्नो समिप तानेनौ ।।
जोडी फुट्दा चरी ले झै माया भनी बोलाई रहे ।
कुल्चिएर अघी बढ्यौ, मेरो आवाज सुनेनौ ।।
आफुलाई आफैसंग कोट्याऊन मन लाग्यो,
मुनाफा या घाँटा भयो छुट्याऊन मन लाग्यो ।
एकान्तमा जिबनको हिसाब किताब गर्दा,
लिनु थोरै दिनु धरै छट्याऊन मन लाग्यो ।
चित्त कत्ति नबुझ्दामा औला भाच्दाभाच्दामानी,
मनलाई मनलेनै पट्याऊन मन लाग्यो ।
साँहु माथि ब्यांझ अनि स्याँझ पनि बढ्दै गा'छ,
अफ्ठयारो सांहु तिरी रटयाँऊन मन लाग्यो ।
धड्कन् धेरै बढेको छ गाउँ छुटेपछी
सँगै सँगै तरेको त्यो नाउ छुटेपछी
बेदनाले गम्भिरताको आभाश दिलाउदैछ
ममताको तिम्रो मेरो ठाउँ लुटेपछी
फिराद सुनि दिने बैरी पनि हाँस्दै छन रे
रशले स्वार्थ पुरा गरी डाहाले चुठेपछी
काला काला भयन्कर छाया देखे जस्तो लाग्छ
आधा रातमा झस्कियर कहालिदै उठेपछी
उनको नाममा लेखी पत्र, पठाएको थिएँ मैले
पायौ पाएनौ सच्च चरित्र, पठाएको थिएँ मैले ।
प्रगाढ बन्न नपाउंदै हाम्रो मित्रता आज यहाँ
मनैको साथि असल मित्र, पठाएको थिएँ मैले ।
मेरो मनबाट त्यसै ओकालत हुँदा भावनाहरु
खाली तिम्रो त्यो मनभित्र, पठाएको थिएँ मैले ।
यो आँखामा आउँदा तिम्रो ती बिम्ब दृश्यहरु
कोरेर मेरो आफ्नै चित्र, पठाएको थिएँ मैले ।
जिन्दगी दुखमा शोकमा बाँच्यो ।
अनि अभाब र भोकमा बाँच्यो ।।
दिन् दिनै भेटिने एउटै छ बाटो ।
सडक त्यै गल्ली चोकमा बाँच्यो ।।
बाटोको भट्टी दोस्रो घर भाछ ।
पिएर दिउँसै त्यै झोकमा बाँच्यो ।।
आफ्नै तौलमा बाँच्दै बाँचेनछ।
कैले खुद्रा कैले थोकमा बाँच्यो ।।
मनले मनलाई चाहेको छ,अब आउनु तिमी ।
मायाको मीठो गीत मेरो लागि गाउनु तिमी ।।
अम्बरमा जून,शीतल छ पवन ,रात मदहोश ।
मेरो तन मन, आत्मामा घनघोर छाउनु तिमी ।।
प्रेम रसले सरोवर, ती मायाका न्यानो स्पर्श ।
दिनु अलौकिक अनुभूति,साथै पाउनु तिमी ।।
माया , अलंकार , आभूषण सबैथोक माया नै ।
यो मधुरात, जूनमा नुहाउनु जूनै लगाउनु तिमी ।।
बाचा बचनमा बाँधिने दिन रे आज
वचन दिन्छु तिम्लाई आज !
यो मन दिन्छु तिम्लाई आज !!
कसम खाई तिम्रै प्रेमको !
यी तन दिन्छु तिम्लाई आज !!
साँचो माया भरेर दिलमा !
चयन दिन्छु तिम्लाई आज !!
सारा खुशी तिमी यो मन्को राजा !
यौवन दिन्छु तिम्लाई आज !!
आँशु हाँसो दु:ख सुख सबै
जीवन दिन्छु तिम्लाई आज !!
साँझमा तिमी उदाऊँछौ, प्रभात किन चाहियो र ?
मौनता नै मीठो तिम्रो, बात किन चाहियो र ?
नजर जुध्दा लजाऊँदै मुसुक्क हाँसीदिए
अरु कुनै मायाको सौगात किन चाहियो र ?
मुटुले हो माया बोक्ने मुटुमै तिम्लाई थुनेपछी
यी हातमा तिम्रा ती हात किन चाहियो र ?
माया पोख्ने माध्यम न हो, गजल काफी छैन र सानू ?
पत्र अनि उपहारको खात किन चाहियो र ?
यस्तो यो माया जस्को कुनै अन्त्य नै छैन भने
त्यस्को बिधिवत् सुरुवात किन चाहियो र ?
कसैलाई नचिन्ने हुन्छ मान्छे
र त एक्लै एक्लै रुन्छ मान्छे
अलिकति पाए के के न पाजस्तो
र दुध ले मुख धुन्छ मान्छे
स्वार्थमा यतिसम्म लुप्त कि
जिब्रोले पैताला छुन्छ मान्छे
खाली आयो खाली जाने हो सब
र पनि जाल किन बुन्छ मान्छे