लगन आयो भन्दै लमी,तस्बिर छान्नु रे
यहि हो मौका नछोड रुम्बा,भन्या मान्नु रे
सँधै त्यसै भन्छ खालि,तस्बिर देखाउंदै
आ'को समय रोकिन्न हेर,आफै जान्नु रे
तस्बिर हेर्छु सबै मोटी,आफु परें लुरे
हुन्न भन्दा हुन्छ अरे,मायाले बान्नु रे
लगन आयो भन्दै लमी,तस्बिर छान्नु रे
यहि हो मौका नछोड रुम्बा,भन्या मान्नु रे
सँधै त्यसै भन्छ खालि,तस्बिर देखाउंदै
आ'को समय रोकिन्न हेर,आफै जान्नु रे
तस्बिर हेर्छु सबै मोटी,आफु परें लुरे
हुन्न भन्दा हुन्छ अरे,मायाले बान्नु रे
प्रेम गर्ने, मान्छेहरको, यहाँ हजार, ताँती रैछ
एउटा यस्तो, सम्बन्ध जुन, प्रेम भन्दा, माथि रैछ
सम्बन्धलाई, आक्षेप लाउने, समाज यो, घाती रैछ
बरु पशु, बुझकी हुन्, मानिस भन्दा, जाती रैछ
एउटा यस्तो, सम्बन्ध जुन, प्रेम भन्दा, माथि रैछ
तिम्रो मेरो, माँया त झन्, बर्षौ देखी, थाँती रैछ
जिउन भनि, आँखा खोलेँ, भर्खर मध्य, राती रैछ
एउटा यस्तो, सम्बन्ध जुन, प्रेम भन्दा, माथि रैछ
आफै कानुन बनाउनेले आफै मान्नु किन पर्यो ?
अदालतले व्याख्या गर्छ नेता जान्नु किन पर्यो ?
न्यायलय बन्दै छ रे जनताको लागि मात्रा
आम माफि मिल्ने भो रे नेता बान्नु किन पर्यो ?
शक्ती जस्को पुग्छ यहाँ उस्कै आए दिन हरु
गरीब चै मरिसके कोरा हान्नु किन पर्यो ?
बेची खाए इतिहासनै लाज लाग्ने ठाउँ कहाँ ?
बचाइ राख्न नसक्नेले पुर्खा धान्नु किन पर्यो ?
मेची र काली सुक्यो हजुर ।
नेपाली शिर झुक्यो हजुर ।।
सन्तान सधैं झगडा गर्दा ।
कान्तिपुरी ले थुक्यो हजुर ।।
बाछो ले माउ नचिन्ने हुँदा ।
बाधे को साँढे फुक्यो हजुर ।।
बानेश्वर को भवन भित्रै ।
भुस्या कुकुर भुक्यो हजुर ।।
जुवा खेल्ने जुवाडेहरुलाई गट्टी हुन्छ प्यारो
माती हिंड्ने जड्याहालाई भट्टी हुन्छ प्यारो
आफुले पालेको कुकुर आँफैलाई टोक्छ भने
सम्झनु त्यस कुकुरलाइ झट्टी हुन्छ प्यारो
जुन भुमिले पुर्ख्यौली रगत सिँचेको हुन्छ
त्यस भूमिका सन्तानलाई मट्टी हुन्छ प्यारो
जुवा खेल्ने जुवाडेहरुलाई गट्टी हुन्छ प्यारो
माती हिंड्ने जड्याहालाई भट्टी हुन्छ प्यारो
देश दुख्दा तिमी पनि, रुनै पर्छ साच्चै भन्दा
राष्ट्रियता मुटु भित्र, हुनै पर्छ साच्चै भन्दा
किन हाम्रो सिमाहरु दिन दिनै यतै सर्छन्
आट छ भने त्यो सिमालाई, छुनै पर्छ साच्चै भन्दा
जातियता क्षेत्रियता, देखाई देखाई भड्याउदैछौ
सदभाबको त्यो धागोले तुन्नै पर्छ साच्चै भन्दा
नेताको त भरै छैन, खान पाए देशै खान्छन्
लाग्या दाग सबै मिलि, धुनै पर्छ साच्चै भन्दा
सागर म लहर बनि चन्द्र तिमी छुन्छु
सुस्त सुस्त पवन बनि अङ्ग तिम्रो चुम्छु
जब छुन्छु शरीर तिम्रो कम्पन् यस्तो हुन्छ
बढ्दै जाँदा दिलको धड्कन श्वास मेरो थुन्छु
अधेरीमा कहिलेकाँहि तिम्रो सामु परे
अगांलोमा बेरिएर प्रणय गीत म सुन्छु
यस्तो चाह पलायो मन्मा तिम्रो साथमै रहुँ
तन्मा तिम्रो मन्मा तिम्रो नशा नशामा हुन्छु
होसियार राष्ट्रघाती, जनता उठ्दैछ
सचेतक नेपालीको, जमात जुट्दैछ
निमुखा र भोकानांगा, खोज्दै यो अधिकार्
शोषणको बिरुद्दमा, ज्वाला यो छुट्दैछ
रुक्ने छैन आश्वासनले, अती भो अब त
जनतामा भाषाणको, विश्वाश टुट्दैछ
चेतनाको दीयो बाली, एक हौं नेपाली
संघियता भन्दै यहाँ, देश यो फुट्दैछ
तिम्रो यादले सताएर पिएको छु सानी,
मदिराको मादले मन सिएको छु सानी !
मस्तिष्कमा ज्वार चल्दा थाम्नै गारो हुन्छ,
उथलपुथल झेली धन्न जिएको छु सानी !
भावनाको तीव्र भेलमा पुल्टुङ्बाजी खाँदै,
ढुङ्गाजस्तै बगरका ती खिएको छु सानी !
यो संसारमा कति विघ्न मान्छ्यै मान्छे छन् !
दिलमै बस्न तिमीलाई दिएको छु सानी !
समस्याले आती रोएं आज
आँफैभित्र ताती रोएं आज
घरबार छोडि खाडी पस्दा
वियोगले पाती रोएं आज
सानुलाई सम्झी पल पल
रहरले माती रोएं आज
एहसास भयो कमी तिम्रो
सम्झनामा राती रोएं आज