कठै मेरो साथी पनि उस्तै रैछ हेर
मेरो पनि जिग्रीकै जस्तै रैछ हेर
कस्तो हुदो रैछ प्रेम पनि बुझियो
कति बुझ्ने यो मन यस्तै रैछ हेर
सधै माया खोज्दा पनि पाईएन हेर
सुख थोरै दुख भने मस्तै रैछ हेर
मर्यो ज्याननै उनकै पोल्टोमा सधै
आफ्नै जीवन अति सस्तै रैछ हेर
कठै मेरो साथी पनि उस्तै रैछ हेर
मेरो पनि जिग्रीकै जस्तै रैछ हेर
कस्तो हुदो रैछ प्रेम पनि बुझियो
कति बुझ्ने यो मन यस्तै रैछ हेर
सधै माया खोज्दा पनि पाईएन हेर
सुख थोरै दुख भने मस्तै रैछ हेर
मर्यो ज्याननै उनकै पोल्टोमा सधै
आफ्नै जीवन अति सस्तै रैछ हेर
नौनी जस्तै त्यो मनलाई किन गाल्न खोज्छौ ?
लोभै लाग्दो जीवन लाई किन फाल्न खोज्छौ ??
एक बार को चोला हो बाच्नु छ यहाँ धेरै
मन मारेर आँफै लाई किन ढाल्न खोज्छौ ??
धैर्य बन्न नसक्दा त्यो आफ्नै जीन्दगी लाई
सल्की रहने मुढा जस्तै किन बाल्न खोज्छौ ??
हिजो आज यस्तै, हुन्छ मेरो देशमा
जनज्यान सस्तै, हुन्छ मेरो देशमा
सायद विश्वास, घटेर हुन सक्छ
बैमान प्रशस्तै, हुन्छ मेरो देशमा
थाहा छैन किन, यति धेरै गरेर
भ्रष्टाचार मस्तै, हुन्छ मेरो देशमा
यहि बाध्छु भन्दा, जिन्दगीको डोरी यो
चुडे चुडे जस्तै, हुन्छ मेरो देशमा
बेबारीसे लास भयो, माया तिम्रै कारणले
यो पाटिकै बास भयो, माया तिम्रै कारणले
भकुन्डोलाई झै यता उता, हानिरह्यौ सधै भरी
घिटी घिटी शास भयो, माया तिम्रै कारणले
थोपा थोपा सगांलेको घैटो फोडी फालि दियौ
सबै कुरा नास भयो, माया तिम्रै कारणले
मन भित्र सधै भरी काँडाले झै घोचिरन्छ
सम्झौताको गाँस भयो, माया तिम्रै कारणले
टर्यो त्यसै,यसपाली नि भुन्टेको बाउ 'आउने' कुरा
कठै बरा ! भुराहरुको नयाँ लुगा 'लाउने' कुरा
गुराँस फुल्ने लेकहरु सम्झी'राछु भन्थ्यो उसले
खुसि हुँदै लेखेको थ्यो रोधी झ्याउरे 'गाउने' कुरा
पोहोर सालको चिठीमा त छिट्टै आउछु भन्थ्यो
नछुटाई लेखेको थ्यो मेलोपर्म 'धाउने' कुरा
केहि भर हुन्न रै'छ अनिश्चित जिन्दगीको
अधुरै भो बिचरी'को चुहिने धुरी 'छाउने' कुरा.....!
चाडै फर्क अझै मेरो चिता ढलेको छैन ।
हेर्न सक्छौ आगोसँगै लास बलेको छैन ।।
तिम्रो बाटो कुर्दा कुर्दै यदी खरानी भए ।
नरुनु है मेरो आत्मा अझै जलेको छैन ।।
मेरो याद धेरै आए पुग्नु समाधी सम्म ।
म डडेको माटो अझै सम्म गलेको छैन ।।
तिमीसँगै मैले चोखो प्रिती लाएको थिए ।
जुनतारा साक्षी छ है सत्य छलेको छैन ।।
मलाई भुली अरुलाई ,हाई नभन्नु ल,
अन्तिम भेट हो यो भनी ,बाई नभन्नु ल !
तिमी हिंड्ने बाटो हरुमा ,मलाई देखी रिस उठे,
अनुहार देख्नु नपरोस जान्छु ,बसाई नभन्नु ल !!
कती माया गर्छु तिमीलाई ,आफुलाई थाहा छैन,
घ्रीणा गरी मन पराउदिन म ,त-लाई नभन्नु ल !!
घिरौला झै रुख माथि ,झुन्डिएको देख्योउ भने,
आह !कती सुहाएको घाटिमा ,टाई नभन्नु ल !!
व्यर्थैको मेरो दिल चोरेर के पाउँछौ ।
जिउँदो लाश हुँ म फोरेर के पाउँछौ ।
मायाँ र दया छैन म संग त,तिमीले
दिलमा मेरो नाम कोरेर के पाउँछौ ।
आखिर मेरो कुनै चिनारी नै छैन त
म जस्तो झार पात सोरेर के पाउँछौ ।
गरिब हुँ म अनि शिक्षा हिन पनि छु
त्यसो त फेरी नाता जोडेर के पाउँछौ ।
तिम्ले पुज्ने भगवानले गरेको नी देखें !
भाग्य भंदै डोकामै दुध भरेको नी देखें !
पापै पापको भारी बोकि महान बन्नेहरू ,
पाप पखाल्न गंगा नदी तरेको नी देखें !
साधु संत पुजारी ती देऊतै हुं म भंदै ,
धम्क्याएर पबित्रता हरेको नी देखें !
देशद्रोही भस्ट्रचारी अमर बने यहाँ ,
देशभक्त कुकुर सरी मरेको नी देखें !
हो गहुगोरी बाटुली मन पराउने तिम्रो बानीले
हदै त्यहि उत्ताउली मन पराउने तिम्रो बानीले
हिजो भर्खर उडाएछ तिम्रो अर्धाङ्गीनीलाई पनि
सधै अर्काको बेहुली मन पराउने तिम्रो बानीले
घरकीलाई सधै सानी मात्रै सोच्दो रै छौ तिमी
रत यसै छोडी ठुली मन पराउने तिम्रो बानीले
न यता न उताको भयौ आखिरमा हेर त तिमी
बेकारमा घरमुली मन पराउने तिम्रो बानीले