स्वार्थ पुरा गर्न यसै मर्नेहरु
कमी छैन यहा भ्रम छर्नेहरु
गरिबको नाङ्गो फोटो देखाएर
बिटो झारी आफ्नै झोली भर्नेहरु
फुर्ती हाक्छ अझै उनै जान्ने भई
लौरी बिर्सिएर खोली तर्नेहरु
हास्छ बोल्छ सगैं सुख पर्दासम्म
पछि छुरा धस्छ आफ्नै पर्नेहरु
स्वार्थ पुरा गर्न यसै मर्नेहरु
कमी छैन यहा भ्रम छर्नेहरु
गरिबको नाङ्गो फोटो देखाएर
बिटो झारी आफ्नै झोली भर्नेहरु
फुर्ती हाक्छ अझै उनै जान्ने भई
लौरी बिर्सिएर खोली तर्नेहरु
हास्छ बोल्छ सगैं सुख पर्दासम्म
पछि छुरा धस्छ आफ्नै पर्नेहरु
मुटु फोडि दियौ किन बैइमानी
नाता तोडि दियौ किन बैइमानी
कमी थियो धनको धनी थियो मनको
तर छोडि दियौ किन बैइमानी
सगैं हिड्दै थियो यात्रा जिन्दगीको
बाटो मोडि दियौ किन बैइमानी
यता भर पारी त्यतै नाता सारी
अन्तै जोडि दियौ किन बैइमानी
आफ्नो भाग्य आफैले नै, फुटाएर आयौ तिमी
त्यो अस्मिता परदेश मै, लुटाएर आयौ तिमी
ति ईमान्दार परिश्रमी, सोझा साझा जनलाई
भ्रम फिजाइ आपसमै, कुटाएर आयौ तिमी
किन हेर्ने अरुलाई त, आफ्ना चाह पुरा भासि
बाकी थोरै स्वाभिमान, नि भुटाएर आयौ तिमी
आमाको त्यो अस्तित्वलाई, जोगाउनु पर्छ भन्दा
सौभाग्यको पोतेलाई नै, चुटाएर आयौ तिमी
बिखको प्याला पिएर चाखी त हेर,
फाटेको मन सिएर बाँची त हेर ।
अपुरो देख्छु तस्विर किन हो कुन्नी ?
शरीर सग्लो दिएर बाँची त हेर ।
अर्पण गरी बनेर त्यागी त्यो स्वार्थ,
निश्छल बनी पिरती गाँसी त हेर ।
भन्नेले भन्छ जीवन अर्पी यो दिन्छु,
बचन दिगो अटल राखी त हेर ।
म मर्ने बेला तीमी नआउनु ।
आशु झारी शोक नमनाउनु ।।
बादल फाटे सरी फाट्योमन ।
लाशमाथी फूलपाती नलाउनु ।।
मेरो आत्मा बुझाउन साझमा ।
दियो बाल्न चिहान नधाउनु ।।
म बाचुन्जेल अर्कै को भयौ ।
अरु सामु गाथा हरु नगाउनु ।।
तिम्रो मेरो कहानी गजल गीत भयो
छोडेर तिमीले आशु मेरो मित भयो
हिजो त तिमी थियौ र पुछिदिन्थ्यो झर्दा
तर आज झरे पछि त्यहि शित भयो
धनले भन्दा मनले जितिन्छ भन्थे म
आज मेरो हार भयो तिम्रो जित भयो
नाटक गरे जस्तै भयो हाम्रो माया त
जग हास्ने बाटो बन्यो उस्कै हित भयो
संघर्षको बाटो छेक्दै थियो ।
तुलोमा ईज्जत जोख्दै थियो ।
सम्झाउँदै थिएं यसो नगर
मानेन पैसामा बिक्दै थियो ।
बनावटी रोज्दै वास्तविक छोडि
अनेक सपना देख्दै थियो ।
समयमा जीवन बुझेन आफु
दुनियाको दोष भन्दै थियो ।
माया गर चुम्मा खाउ, अङगालोमा बेर मलाई
आखा हरु जुधाएर धित नमरुन्जेल हेर मलाई !!
सधैं भरी जिन्दगी मा यसरीनै माया गर्नु
दुश्मन आउने बाटो छेकी चारैतिर घेर मलाई !!
सधैं भरी बस्न पाइन्न छुटिनु त पर्छ अहिले
अन्तिम चोटि अङगालोमा बाध एक फेर मलाई !!
कात्रो ओडी चिता माथि लम्पसार भएर म सुत्दा
तिम्रा हात ले दागबत्ती दिनु तेती खेर मलाई !!!
विकृति विसंगति ढलाएर आऊ नवयुग
विकार द्वैषभाव गलाएर आऊ नवयुग !
उस्तै छ रुढीवाद महारोग जस्तै गाउभरि
दियालो चेतनाको जलाएर आऊ नवयुग !
बढ्दो छ गरिबी यो उत्पादन शुन्य खेतबारी
घुर्यानमा कन्दमुल फलाएर आऊ नवयुग !
हरायो मानवता आधुनिक भव्य शहरमा
माधुर्य बन्धुभाव पलाएर आऊ नवयुग !
उनको बारुले कम्मर अन्तै मर्के पछी,
लहरा झै आशा हरु अन्तै लर्के पछी ।।
चोट लाग्दा गाह्रो हुन्छ यहाँ सहन,
जोडीए को मन मुटु फेरी चर्के पछी ।।
निको भई सकेको घाऊ दुख्न थालयो,
पराइ तिरै उनको मन फेरी फर्के पछी ।।
नओईल्याउदै झरेको थुङ्गा जस्तै भए म,
बेहोशी मा एक्लै छोडि फेरी तर्के पछी ।।