थाङग्रा बिनाको लहरा जस्तै,
झर्न लागेको, पहरा जस्तै ।।
चुहिनेछानो अनी, भात्किएको घर
डाडा माथिको, टहरा जस्तै ।।
हिउदमा उर्लीआउने, केही क्षणको
सुखासुखा खोल्सा, अनी छहरा जस्तै ।।
देखावटी रमझम, भित्रभित्रै कुसस्कार
दिनै खुशी, लुट्ने शहरा जस्तै ।।
थाङग्रा बिनाको लहरा जस्तै,
झर्न लागेको, पहरा जस्तै ।।
चुहिनेछानो अनी, भात्किएको घर
डाडा माथिको, टहरा जस्तै ।।
हिउदमा उर्लीआउने, केही क्षणको
सुखासुखा खोल्सा, अनी छहरा जस्तै ।।
देखावटी रमझम, भित्रभित्रै कुसस्कार
दिनै खुशी, लुट्ने शहरा जस्तै ।।
पछुतो नै हुने गरी, किन माया लाउनु हजुर
एक वर्षानि नथेग्ने त्यो, छानो किन छाउनु हजुर
मायाको बिउ रोपे पछि, पानि पनि हाल्छन नि त
गाडि मात्र छोड्ने भए त, दु:ख किन पाउनु हजुर
इमान्दार भए देखी, नाता जोडौ जिन्दगी भर
ढोल पिटाई सबै तिर, गित किन गाउनु हजुर
मायालाई नै यत्रतत्र, सरबत्र पार्छौ भने त
देख्दा राम्रो नाटकले, मन किन दाउनु हजुर
बुझ्नै गाह्रो सालीका कुरा
माथ्ला घरे कालीका कुरा
मस्कदै आउछे र भन्छे
अब मेरै पालीका कुरा
सम्हाल्न बैश आउ भन्छे
गर्दै दिल खालीका कुरा
सहन्छु भन्छे मेरो लागी
नाना भाती गालीका कुरा
आखा भित्रै राखु भन्थे उनी लाई पाए देखि ।
अंगालोमा बाँधी राख्थे मेरो सामु आए देखि ।।
टाढा बाट माया दिए शायद त्यों थोरै भयो ।
धेरै धेरै अझै दिन्थे उनी संगै भए देखि ।।
समीप आई सुम्सुम्याई फल्ने फुल्ने पिरतीमा ।
घात दिन्न अब भनी सत्य बांचा खाए देखि ।।
धुरु धुरु रुने थिईना दिन रात बियोगी भै ।
ख़ुशी हुन्थे रोए पनि उन्ले माया लाए देखि ।।
जनता कुर्लिदा नेताहरु लुक्दै बसे
कार्यकर्ता जम्मा पर्दै भुक्दै बसे
देश बनाउने नारा दिएकोले मात्र
तर सोझा जनताहरु चुक्दै बसे
आसा छैन नेता भनाउदा बाट
सारा संसार नेतालाई थुक्दै बसे
देशको सिमाना लुट्दै छिमेकी
देश भक्त नेपालीहरु झुक्दै बसे
खेतबारी मात्रा किन अरु पनि फर्काउन ।
दुद्धे बालकको वात्सल्य पनि फर्काउन ।।
बक्बास तिम्रो झुट्को खेती गर्ने बानी,
ममताको न्यानो ओत पनि फर्काउन।
उल्टा सिधा जे पनि बोल्ने नकचरो,
हाम्रो लुटिएको सुन्दर सपना पनि फर्काउन ।
उल्क्याएर रन भुल्ल पार्न्सम्म पारी छार्योउ,
वर्वाद हाम्रो एक दशक पनि फर्काउन ।
युद्ध रापले दहित छत वीछत मनहरु,
आफन्त गुम्दा बगेको आँसु पनि फर्काउन ।
नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै
जहाँ जान्छु कुरा तिनै रिसा रिस धर्म संगै ।
हास्नु पर्छ भन्छ्न सबै भित्री पिडा कस्ले बुझ्ने
अरु सामु हाँसी हिड्छु आफु भित्र मर्म संगै ।।
नेपाली हुँ जन्मे देखी रिण बोकी आको थिए
जती तिर्न खोजे पनि छिमेकीको पर्म संगै ।।
यहाँ कोही जमिनदार सयौ बिघा जाग्गा बाँजो
कोही यहाँ बाँच्न गाह्रो लाज पच्यो शर्म संगै ।
बन्दुक किन बिसायौ ?
संगै किन मिसायौ ?
सोध्दै हुँदा जनता
त्यसै तिमी रिसायौ
आखिर् यस्तै हुनुथ्यो
अघि किन पिसायौ ?
सन्तान् एकै आमाका
मौका चुम्न फिसायौ
मेरो काधमा सिर राखी गोही आसुँ झार्दै थियौ
उस्को इस्पर्स पाउनलाई हात अघी सार्दै थियौ !!
संसार को खुशी पाएझै लागेको थियो तिमी साथ हुँदा
मेरा सारा खुशीलाई एक एक गरी तार्दै थियौ !!
सुन्दरता कि खानि तिमी ,परी झै देखिन्थौ सधैं
मोहनी रुप देखाएर उस्लाई माया जालमा पार्दै थियौ !!
मै दुखी भए पनि सारा खुशी तिमीलाई नै दिएको थिए
कुन चिज अपुग भयो र तिमिलाई ,उसलाई गुहादै थियौ !!
बाँच्नुको कुनै अर्थनै छैन साहारा छुटेसी ।
कसरी हाँस्नु सबैको सामु चाहना लुटेसी ।।
हृदय भरी कसैको माया सँगली राखेथ्ये ।
रोजेको कहाँ पाईन्दो रैछ भाग्यनै फुटेसी ।।
मेटिन गार्हो रहेछ यहाँ भाबिको लेखान्त ।
दुनियाँ सारा मिलेर मेरो बिरोधमा जुटेसी ।।
आँशुले त्यसै रसाउदो रैछ परेली जहिल्यै ।
जिन्दगी भरी नछुट्ने नाता सबैनै टुटेसी ।।