चुडिन्दै गरेको सास मेरो देख्यौ
भङ्गुर जीवन रास मेरो देख्यौ
सुकेको हरियो पात भयो मन
गलेछ जीउने आस मेरो देख्यौ
लांदैछ जीवन हरी कठै दैव
धर्तिमा सकेछ गाँस मेरो देख्यौ
बनाइ बिरानो लग्यो अन्तै टाढा
झुक्याइ सारेर वास मेरो देख्यौ
चुडिन्दै गरेको सास मेरो देख्यौ
भङ्गुर जीवन रास मेरो देख्यौ
सुकेको हरियो पात भयो मन
गलेछ जीउने आस मेरो देख्यौ
लांदैछ जीवन हरी कठै दैव
धर्तिमा सकेछ गाँस मेरो देख्यौ
बनाइ बिरानो लग्यो अन्तै टाढा
झुक्याइ सारेर वास मेरो देख्यौ
सुनसान अनि एक्लो भो, हर रात तिमी बिना
कोही छैन सुनि दिने, मिठा बात तिमी बिना
न्याउलि झै रुदारुद, सुकिसक्यो आशु पनि
बिछोडमा चाहनाका, लागे खात तिमी बिना
तिमी पनि छटपटिमा, निशासिदै हौला सानु
नदेखिने खडेरीले, सुक्यो आत तिमी बिना
मैलाई हेरी भित्ताले नि, जिस्क्याए झै लाग्न थाल्यौ
नफक्रदै ओईलि झर्यो, बैशका मात तिमी बिना
मिलनमा पनि रोए
बिछोडमा पनि रोए
संसार हास्ने खिल्ने
बखतमा पनि रोए
अर्पण गर्दै मन
अंगालोमा पनि रोए
क्षितिज पुगी फर्की
सागरमा पनि रोए
तन तीमी सङ्गै झुल्न थाल्यो म के गरौ ?
मन तीमी सङ्गै भुल्न थाल्यो म के गरौ ??
छामी हेरे छाती बिच भागेर सुटुक्कै
तीम्रो वरी परी डुल्न थाल्यो म के गरौ ??
नखोलिने सन्दुक भित्र कैद नै थिए
बन्द सबै ढोका खुल्न थाल्यो म के गरौ ??
यौवन को उछवास ले मात लाग्दा
बैश का लहर फुल्न थाल्यो म के गरौ ??
काँडा भित्र पनि उस्तै प्रेम कथा जाने पछि
मरुभूमि स्वर्ग बन्छ आफ्नै मान्छे ठाने पछि !
दुनियाको दृष्टि जस्तै प्रेमी मन कहाँ हुन्छ ?
रुपको कुरो परै राख कलेजो नै माने पछि !
आँखा भित्रै संसार छ मुटु जित्ने युद्ध पर्यो
दुरी कहाँ रहन्छ र तिर्सनाले ताने पछि !
सेर लेख्छु मन जस्तै खोट छैन भन्दै छु म
अजम्बरी कथा संगै पिरतीले बाने पछि !
कसैको मन, चोरी भाछ ।
कसैको धन, चोरी भाछ ।।
उदासिले छाउछ, आज भोली
चन्चल पन, चोरी भाछ ।।
कोइलिले गाउँनै, छाडिछ यहाँ
हरियाली बन, चोरी भाछ ।।
पथ्थरको मुटु, फोरौ भन्थे
फलामकै घन, चोरी भाछ ।।
आपतमा देउता मान्छ, सुख हुँदा थुकी हिँड्छ ।
मान्छेको जातै यस्तो हो मौकाहरु ढुकी हिँड्छ ।।
घरको बाघ हुनेहरु, बाहिर चाँही बिरालो ।
अलिकति अफ्ठेरोमा दुलो खोजी लुकी हिँड्छ ।।
गरे हुँदथ्यो कर्म कुनै, कुरा काटी बस्नु भन्दा ।
अघि पर्दा निहुरिन्छ, पछि पर्दा भुकी हिँड्छ ।।
आदर्श धेरै नै छाँट्छ, कर्तव्यमा हात् बाँड्दैन ।
सहयोगी हात माग्दा, सानो मन सुकी हिँड्छ ।।
जता लाग्यो उतै जान्छ पानी कुलो मान नानु ।
फर्की आन्न निक्ल्या गोली जस्तै कुरा नानु ।।
अर्ती बुद्धी लिनु सधैं मान्य ठुला बडा बाको ।
ठोसे झिजों मुडा अरु बल्छ चुलो मान नानु ।।
कर्म गरे मिल्छ फल पक्कै त्यसै जान्न रित्तो ।
खोपी रहे ढुङ्गा पनि पर्छ दुलो मान नानु ।।
हुन सक्छ यात्रा गार्हो सार्हो ठाडो हिड्दा हेर ।
हार मानी गर्नु हुन्न खुट्टा लुलो मान नानु ।।
कुरिती फाल्न तिमी कम्मर कसी हेर नानु ।
देशको चोला फेर्न युद्धमा पसी हेर नानु ।।
सुखमा हाय हाय सबको हुन्छ कस्तो रिती ।
दुखिया मन भित्र उज्यालो बनी हेर नानु ।।
शहर जान्छु भन्छौ चटक्कै छोडि आफ्नो गाउँ ।
अध्यारो आफ्नै थात थालोमा बली हेर नानु ।।
मनमा रिस राग होइन बन्धु भाव राम्रो ।
मानव मन भरी अमृत छरी हेर नानु ।।
पिडामा नै बाचेकी छु, हास्ने मन छैन मलाई
कसै सगँ कुनै नाता, गास्ने मन छैन मलाई
सबै मान्छे स्वार्थि भनि, शकां गर्न मिल्दैन की
मै भित्रको शकांलाई नि, मास्ने मन छैन मलाई
यही सानो मनलाई, धेरै पारे गराहरु
यि गराका आलिलाई नि,तास्ने मन छैन मलाई
बाध्या छैन वचनले, स्वतन्त्र छौ सधै तिमि
यो मुटुमा कुनै तस्बिर, टास्ने मन छैन मलाई