शेर, मतला र मकता जान्नेको आफ्नै गजल !
सरस काफिया, रदिफ छान्नेको आफ्नै गजल !!
हास्य, व्यंग्य, श्रृंगार, अनुराग प्रणय रसको,
बहरमा सही झटारो, हान्नेको आफ्नै गजल !!
मिसरा ए उल्ला र सानीको स्वतन्त्र भावलाई,
मीठासपरक छन्दले, झान्नेको आफ्नै गजल !!
गजल्मा पर्सियन उर्दू, मूल शैली हुनै पर्छ,
भनी पुरातनबाद नै, मान्नेको आफ्नै गजल !!
समय अनुकुल आफ्नै, परिबेशमा यसको,
गर्नुपर्छ विकास भनी, ठान्नेको आफ्नै गजल !!
ज्ञान शून्य गजलको, चोरेर शेर अर्काको,
सर्जक बनेर लाइक, तान्नेको आफ्नै गजल !!
जसोतसो गजल कोरी, धान्नेको आफ्नै गजल !!