आफ्नै माटो गाउँका पाखा त्यसैमा छ मन सधैं !
सुन्दर दृष्य हेर्ने आँखा त्यसैमा छ मन सधैं !!
गोधुलीमा चिर्विर गरी भंगेरीले बास बस्दा !
बनपाखा झ्याउरे भाका त्यसैमा छ मन सधैं !!
गैरी खेतमा धान झुलेको देख्दा मनै लोभ्याउने !
आली माथि मास लाका त्यसैमा छ मन सधैं !!
घाँस दाउरा बनपात कोइलीको मधुर स्वर !
डुली वनमा गित गाका त्यसैमा छ मन सधैं !!
बाऊ आमाको आँखा छली चोरी'चोरी काँचा फल !
संगी मिली बांडी खाका त्यसैमा छ मन सधैं !!
मिठो सुवास छरी राका त्यसैमा छ मन सधैं !!