आफ्नो चाँही कुरुप भएनी, बारै टक्का किन भन्छौ ?
अरुकोमा च्याखे थाप्दै मेरै, दाउ पक्का किन भन्छौ ??
दुई चार जना ले ताली बजाए, चित पोट नहेरी नै
अरु लाई पन्छाउदै हान्छु, मैले छक्का किन भन्छौ ??
तीम्रो पनि सधैं एकनास को, कहिल्यै हुन्न दाउ
दुकी तिर्की फ्याकेरनि मैले, हाने एक्का किन भन्छौ ??
भुस पिठो एकैठाउ झरे नि, सेलर ठान्छौ आफ्नो
कुटानी पिसानी लिएकोछु, मैले ठेक्का किन भन्छौ ??
अरुकोमा च्याखे थाप्दै मेरै, दाउ पक्का किन भन्छौ ??