आजभोलि यस्तोलाग्छ, झुकेको छ देश मेरो ।
परदेशीको दिलमा पनि, दुखेको छ देश मेरो ।
हाम्रो गौरव गाथा के हो? धेरै लाई थाहै छैन ।
सगरमाथा हाम्रो आफ्नै, लुकेको छ देश मेरो ।
छिमेकीछन् झलमल्ल, हाम्लाई अँध्यारोमा ।
बगेकाछन् कोशी काली, सुकेको छ देश मेरो ।
चोरबस्छन चौतारीमा, सज्जन पाउँछ शूली ।
असक्त र निमुखालाई, भुकेको छ देश मेरो ।
सधैं भरि कुर्सी पाउन, ढुकेको छ देश मेरो ।