आज मलाई बन्दुक चलाउन मन लागेको छ
काम नलाग्ने सरकार ढलाउन मन लागेको छ
बम बारुदलको धुँवाले अझै उराठ बन पाखामा
मन महकको फल फूल फलाउन मन लागेको छ
देश र जनताको लागी भनेर हावा दारी गफ हान्ने
भ्रष्टाचारी नेताहरु लाई जलाउन मन लागेको छ
कुर्ची माथि बसी जनताको रगत पसिनामा रम्न
पल्केका हरुलाई तानेर गलाउन मन लागेको छ।।