आली र आटो चिन्न गाह्रो ।
मलिलो माटो चिन्न गाह्रो ।।
बैश मै आँखा फुटे पछी ।
खोपे को टाटो चिन्न गाह्रो ।।
नशा ले सधैं माते पछी ।
घर को बाटो चिन्न गाह्रो ।।
दिए को चोट ले दुखे पछी ।
छाती को पाटो चिन्न गाह्रो ।।
माया को फाटो चिन्न गाह्रो ।।
भन्या कुरा नसुने पछी ।
बाठो र लाटो चिन्न गाह्रो ।।
मन ले सधैं बाधे पछी ।
फुके को गाठो चिन्न गाह्रो ।।
जोस मा होश गुमे पछी ।
श्रीमान, नाठो चिन्न गाह्रो ।।