मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा
हत्या र हिंसा, ब्याप्त छ सर्वत्र
बुद्दलाई पनी बनबास भो आमा
तिम्रै त्यो कोख, बिच्छेदन हुँदैंछ
गृहयुद्दको भय, सन्त्रास भो आमा
जनताको पिडा “थाल खाउ कि भात”
लिन मलाई गार्ह्रो, सास भो आमा
जात र धर्मको फूलबारी भो एकादेश
गुलाब नि आज, पलास भो आमा
गुन्जिन्छन नेपथ्यमा पिडाका आवाज
छटपटिदै देश, लास भो आमा
मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा