आओस बहार जीवनमा सत्तरीका साथमा
जागोस भाग्य चम्केर सबै नेपालीका माथमा॥
दु:ख अनि पिडा र कष्ट हटुन जन जनका
पूर्णानन्द प्राप्त होस नेपाल आमको गाथमा॥
निष्ठाले घर गरोस भावना त्यो उच्च होस
सत्यता अघि बढोस कोहि नपरोस घातमा॥
जाली ति बिचार अनि कार्य समुल नष्ट हुन
बुद्धि पलाओस सबमा वजन होस बातमा॥
शुभकामना आफन्त मान्यजन अनि मित्रमा
सु-कर्ममा दिन बितोस गहिरो निद्रा रातमा॥