आंदा जाँदा रुवाउने, बिशेषता पर्वको यो !
आँशु मात्र चुहाउने, बिशेषता पर्वको यो !!
बिछोडका पिडाहरु, मनभित्र उम्लिएर,
नयनले नुहाउने, बिशेषता पर्वको यो !!
कतै पत्तो पा'को छैन,आज सम्म खुशि दे'को,
मात्र चोट सुहाउने, बिशेषता पर्वको यो !!
मखमलि सुक्छ त्यसै, नवोईलिने कैले पनि,
जमरा नि कुहाउने, बिशेषता पर्वको यो !!
धैर्यता नि तुहाउने, बिशेषता पर्वको यो !!