आएको रित्तै जानुछ भोलि साथ किन खोज्छ मान्छे ।
जुन आफ्नो वशमा छैन त्यही किन रोज्छ मान्छे ।।
जसको मनभित्र पस्न सक्दैन भन्ने जान्दा पनि ।
उसैको दिलमा आफुले ठाउं पाऊन सोच्छ मान्छे ।।
मन भरी माया भएपनि देखाउनु त पर्दैन नि ।
थाहा हुँदाहुँदै आफ्नो मन मुटु आफै घोच्छ मान्छे ।।
झुटो माया गरे झैं गरी मिठो बोली बोल्यो भनी ।
संसारै आफ्नो सम्झी आफैलाई नर्कमा कोच्छ मान्छे ।।
निष्ठुरीको सम्झनामा आफुलाई किन गोद्छ मान्छे ।।