आयो रङको तिहार, खेलौँ मिलि होली
बैमनस्यता सबै बिर्सि, ह्रदय यी खोली॥
संस्कृतिको धरोहर यो, मिलनको पर्व
सद्भावले भिजुन ति, कुर्ता अनि चोली॥
नास होस होलिका वृत्ति, आजबाट नै
बाहाओस दानवत्व, हाल्दा रङ घोली॥
दासत्वको चलन, सब नै मासियोस
दहनको कुण्डमा, घमण्ड नासुन् पोली॥
एकताको जग बनोस्, रङको यो पर्व
खुसिका दिन आउन, आज भन्दा भोली॥