अब चर्चा चल्न थाल्यो, जताततै तिहारको ।
सप्तरङ्गि टीका माला, गला अनि निधारको ।।
आफू भने प्रवासमै, बस्नु पर्यो ऐले पनि,
मनभित्र ज्वारभाटा उठिरा'छ बिचारको ।।
मौनतामै रुने होलि, यो साल नि चेलि मेरो,
फूल झर्दा सुक्दै त्यसै, आँगनिको किनारको ।।
घर रुन्छ उता तिर, आत्तिदैछ मन यता,
पाए थोरै त्याग धेरै, प्रदेश यो बेकारको ।।
न आएनि हुन्थ्यो भन्छु, छिया छिया पार्न मन,
दिल भित्र चोट दिन पर्वहरु बेधारको ।।
धर्को हालि सँघारमा, तेल अनि बेसारको ।।