मेरो मनले तिमीलाई नछुएपछि,
यो रंगले तिमीलाई छुदिन भो ।
त्यो होलीलाईनै अन्तिम माने मैले,
अब अरु होली खेल्दिन भो ।
त्यो पल गयो सँग मेरो एक अँश लिएर गयो,
को सद्धे को दोषी भन्दिन भो ।
तिम्रो रंगलाई रगत माने मैले,
अब रगतको होली खेल्दिन भो ।
तर धोई जानेलाई सिन्दूर मान्दिन भो ।
रंगबिहिन छू तर रगताम्य त छैन,
अब निष्ठूरी होली खेल्दिन भो ।
भन्छेऊ अरे जो रित्तियो त्यो सिद्दियो,
तर तिम्रो बोली बोल्दिन भो ।
लोला भनि गोला हान्ने,
पापी होली खेल्दिन भो ।
थैलीभरि सिन्दूर बोकि,
अब प्रित गली कुरदिन भो ।
यो होलीलाई नि भोली भने,
अब निष्ठुरी होली खेल्दिन भो ।