अबिश्वासको खाडलमा, खसि सके पछि
गाह्रो हुन्छ निस्कनलाई, धसि सके पछि
अरुको नि त मनै होला, दु ख लाग्दा रुन्छ
सकिदैन मेट्न टाटो, बसि सके पछि
बेला छदै नसोचेर, जाल बुनिरह्यौ
केको दु ख अब जालमा, पसि सके पछि
निर्दोशिता मुहारमा, देख्न सक्नु पथ्र्यो
अब केले लेखाउछौ, मसि सके पछि
किन हेर्नु अब लास, कसि सके पछि