अचेल म ब्यस्त भा'छु, ढुङ्गा हान्ने काम मिल्यो ।
सडकमा उत्री आछु, माथि बाट माम मिल्यो ।
आबरण बिग्रदैछ पक्कै ठूलो मान्छे हुन्छु,
नानाथरि नारा गाछु, सहयात्री लाम मिल्यो ।
जीत भए मन्त्री पक्का, हारे भने सहिद म,
धनि हुने क्रीया खा'छु, खल्तिभरि दाम मिल्यो ।
लाज शर्म पचाएर, सडकलाई जाम पार्ने,
ईजाजत मैले पा'छु, रांके शुभ साम मिल्यो ।
उज्यालोमै बसि खा'छु, सु. सम्पन्न गाम मिल्यो ।