आधिबेरि मायाको जति चल्छ, चल्न देउ ।
ज्वाला यो मायाको जति बल्छ, बल्न देउ ।
संग संगै तरौला आउ, प्रेमको सागरहरु ।
रिस गरि दुनिया जति ढल्छ, ढल्न देउ ।
चुलिरहोस हाम्रो माया सगरमाथा सरि ।
गहिराइमा अझ अरु जति गढ्छ, गढ्न देउ ।
दुनिया मा अजंबरि पहाड़ बनोस हाम्रो माया ।
डाहा गर्नेहरुको मन जति गल्छ, गल्न देउ ।
ज्वाला यो मायाको जति बल्छ, बल्न देउ ।