अधिकार सबै हर्यौ पाउन लडाइ गर्नु छ
त्यो शुरुवात भ्रष्टलाई फासि चढाई गर्नु छ
अशिक्षाको फाईदा उठाई लुट्यौ आफ्नै जनता
झुक्याउन नसक्ने त्यो राम्रो पढाई गर्नु छ
निमुखालाई मात्र लाग्ने तिम्रा अन्धा कानुन
तिमिलाई नि लाग्ने गरी केहि कडाई गर्नु छ
हराउने छौ सधैलाई ढले पछि शासन
शोसित अनि पिडितले हर्ष बढाई गर्नु छ