अदृश्य जीवनको बाटो हेर्दै रोहिरहेछु ;
मेरो गोप्यप्रेमको पाटो हेर्दै रोहिरहेछु ;
तिमीलाई तिमीले नै धोका दियौ संधै ;
म यहाँ समाधिको माटो हेर्दै रोहिरहेछु ;
सबैको आँखामा सत्यप्रेम साबित गर्न ;
खोपिएको मनको टाटो हेर्दै रोहिरहेछु ;
सकभर हामीले भुल गरेका छैनौ यादमा ;
क्षणिक मिलनको फाटो हेर्दै रोहिरहेछु ;
यहाँ पूर्णजीवनको दोबाटो हेर्दै रोहिरहेछु