अदृश्य पिडाले, गलायो तिमीलाई
शंकै शंकाले, जलायो तिमीलाई
स्वपनिल आखाँमा, बिभत्स दृश्य
सपनीले पनि, छलायो तिमीलाई
बिराजमान थियौं, मनको सिहासनमा
अबिश्वासले आफै, ढलायो तिमीलाई
बुझ्न नचाहादा, मेरो एथार्थता
ब्यर्थैमा चोटैचोट, फलायो तिमीलाई
छातीमा तिर, चलायो तिमीलाई