आफै आउछु सोल्टिनी तान्नै पर्दैन
मनभित्र मायाको वाण हान्नै पर्दैन
खाचो पर्दा जब पाउछ भने माया
कुमार हो की घरवारे जान्नै पर्दैन
कतुहलता उस्तै हो वैंश चढेपछि
हलचल हुन्न भन्ने त ठान्नै पर्दैन
परेपछि प्रेममा सुर्ता हुन्न निन्द्राको
मनले मन बानी हाल्छ बान्नै पर्दैन
टुट्दैन भो माया पिर मान्नै पर्दैन