आफैलाई छल्दै व्यर्थै लुक्न चाहन्न
स्वाभीमानी बन्धक् राखी झुक्न चाहन्न
नभएका हैनन् यहाँ आफै बेचिने
बेचिएर जीबनमा चुक्न चाहन्न
सुख दु:ख खोलासरी मेरो जीवनी
बाटो छेकी बगर झै सुक्न चाहन्न
कोमल यो मुटु मेरो ढुङ्गा बनाई
मनमनै बर्सिएर दुख्न चाहन्न
दुई मुठी सास धान्न ढुक्न चाहन्न