आफैलाई थाह छैन तिम्लाई , कति माया गर्छु सानु
माया मेरो सतबिज बनाई ,तिमि माथि छर्छु सानु
आधि हैन बाढि हैन , छिन भरमै उजाड पार्ने
झरनाको निश्चल जल हु , तिम्रै मनमा भर्छु सानु
तिमि सग केहि माग्दिन ,मात्र मेरो मनमा बस
टाढा भयौ भने नयन बाट ,सायद मत मर्छु सानु
सदाबहार हरीयालि बनि रहु , यो जुनि भरनै
पतझड बन्नै पर्यो भने , तिम्रै अघि झर्छु सानु
छुट्यौ भने यहि मनबाट , सायद पक्कै मर्छु सानु