आफ्नाले नै बिरानोझैँ ठान्दा मन रोयो,
धोका दिई अर्कैलाई छान्दा मन रोयो ।
जाली रैछ्यौ यो घाँटीमा सुर्केनी कसेर,
जीवनरूपी बगरमा तान्दा मन रोयो ।
खुसी पर्दा यही मान्छे तिम्रो द्यौता भा'थ्यो,
द्यौतालाई दानवजस्तै ठान्दा मन रोयो ।
तन सुम्पेँ, मन सुम्पेँ, सुम्पेँ जिन्दगानी,
ताकीताकी भाला र तिर हान्दा मन रोयो ।
पानी प्युने बहानामा मोती नै झिकेर,
'सागर'बाट टाढिएको जान्दा मन रोयो ।
धोका दिई अर्कैलाई छान्दा मन रोयो ।।
'सागर'बाट टाढिएको जान्दा मन रोयो ।।।