आफ्नै घरमा लगाई आगो न्यानो ताप्न थाले
मेटन तिर्खा रेटि गला हेर अंजुली थाप्न थाले ।।
चोट कस्तो छ, गहिरो कति छ भनेर नै संधै
घाऊ कोत्याई कोत्याई नै सबैले नाप्न थाले ।।
विवेक बुद्धिमा घाम लाग्न जब छोड्यो सबैको
अकल्पनिय अवस्थाले देश समाज चाप्न थाले ।।
चुपचाप चारैतिर विरोधको धुन कहीं केहि छैन
अराजकता , त्रासदी तब झन झन फ़ाप्न थाले ।।
र पनि न्रिसंश हत्या पनि गाथा झैं छाप्न थाले ।।