आफ्नै घुडा टोक्न मिल्ने भए ।।
आफ्नै छाती ठोक्न मिल्ने भए ।।
कोशी कर्णाली किन बौलन्थ्यो ??
आँफै बाडी रोक्न मिल्ने भए ।।
गाडी मोटर किन चाहियो ??
आँफै मान्छे बोक्न मिल्ने भए ।।
उच्च न्यायलय को के अर्थ ??
आँफै मन्त्री तोक्न मिल्ने भए ।।
गुरु वर नै चाहिन्दैन थ्यो ...
आँफै बिध्या घोक्न मिल्ने भए ।।
महङ्गि ले आकाश छुन्न थ्यो ...
आँफै पसी जोख्न मिल्ने भए ।।