आफ्नै खोटो सिक्काले चुक्किएको रहेछू,
माछो-माछो भ्यागुतो भई फुत्किएको रहेछू ।
बेअर्थैमा दोष दिए आँखा तरि संसारलाई,
म त आफ्नै भाग्यले नै झुक्किएको रहेछू ।
दङ्ग पर्थे,छक्क पर्थे, त्यो चाल देख्दा अक्क-मक्क पर्थे,
तर सद्दे रैछन अरु सबै, म पो खुस्किएको रहेछू ।
जता जान्छू त्यतै सबै किन गनाउछन भन्थे,
बल्ल आज थाहा पाए म आफ्नै गु मा मुछ्छिएको रहेछु ।
एक्लो रातको जूनसरि आफ्नै अनुहारमा थुक्किएको रहेछु ।