आफ्नै मलाई मान्छौ किन ?
झुटो कसम खान्छौ किन ?
तीम्रो साथमा जान्न भन्दा
हात समाई लान्छौ किन ?
छुन मलाई डर लाग्छ
वाहु पासमा तान्छौ किन ?
म मा शाहस छैन खोल्ने
तीमी अमुर्त ठान्छौ किन ?
म अँगालोमा नकसिन्दा
टेढो नजर हान्छौ किन ?
ठेस लागि लड्न खोज्दा
मेरो शरीर धान्छौ किन ?
जवर जस्ती खिचेर नै
काम वासना छान्छौ किन ?