आफ्नै मन केर्दाकेर्दै यो मंसिर नी गयो
तिम्रो बाटो हेर्दाहेर्दै यो मंसिर नी गयो
लौन छिटो ढिलो भयो भन्दाभन्दै मानिनौ
मैले मात्र टेर्दाटेर्दै यो मंसिर नी गयो
सजाएर दुल्हा बन्ने सपना ती मनमा
टाइसुट फेर्दाफेर्दै यो मंसिर नी गयो
व्यर्थै दुःख पायो वरै सिरानीले बेकार
तिमी भनी बेर्दाबेर्दै यो मंसिर नी गयो