आफ्नै पाखा पखेरा यी फुलाउँछु सँधै ।
गरिबी यो मन त्यतै डुलाउँछु सँधै ।
कर्मठ म किसानी हुँ रुचाउँछु श्रम
लेक बेशी गर्दै दिल खुलाउँछु सँधै ।
जाउँ लाग्छ परदेश पसिना यो बेच्न
तर सोंच स्वदेश मै भुलाउँछु सँधै ।
मलिला छ नेपाली यो माटो हाम्रो हेर
पसिनाका फल अन्न हुलाउँछु सँधै ।
बेंशी खेत धानका ति बाला झुल्छ आहा !
त्यसैले यी भकारी यो चुलाउँछु सँधै ।