आफ्नै सिमा लुटायौ, दुखेको छ देश
मातृत्व नै टुटायौ, दुखेको छ देश
पापी र दानबी भो तिम्रो व्यबहार
त्यो बस्ती नै उठायौ, दुखेको छ देश
सामन्ती जाल टाँग्छौ, अझैं के छ बाँकी
जातीयता जुटायौ, दुखेको छ देश
च्यापेर काख बैरी, मिल्यो के न भन्छौ ?
अस्तित्व त्याँ छुटायौ, दुखेको छ देश
गर्भे टु'रा बनेछन्, पुरै देशबासी
भातृत्व नै फुटायौ, दुखेको छ देश