आफ्नो भाग्य आफैले नै, फुटाएर आयौ तिमी
त्यो अस्मिता परदेश मै, लुटाएर आयौ तिमी
ति ईमान्दार परिश्रमी, सोझा साझा जनलाई
भ्रम फिजाइ आपसमै, कुटाएर आयौ तिमी
किन हेर्ने अरुलाई त, आफ्ना चाह पुरा भासि
बाकी थोरै स्वाभिमान, नि भुटाएर आयौ तिमी
आमाको त्यो अस्तित्वलाई, जोगाउनु पर्छ भन्दा
सौभाग्यको पोतेलाई नै, चुटाएर आयौ तिमी
गासिएका सम्बन्धलाई, टुटाएर आयौ तिमी
आफ्नो भाग्य आफैले नै, फुटाएर आयौ तिमी
त्यो अस्मिता परदेश मै, लुटाएर आयौ तिमी