अगाडि छ भुँडी, झन् बढ्यो झन् देखे,
भित्रभित्रै स्वार्थी-पन बढ्यो झन् देखे !
अनेक जडिबुटी, जन्तु अनि वृक्ष,
रातमै धनी पार्ने, वन बढ्यो झन् देखे !
सम्झे सबै आफ्ना, नसम्झे बिराना,
आफ्ना सम्झनेको, जन बढ्यो झन् देखे !
मनको महिमा म, खै कसरी गाऊँ?
जति पनि बढ्ने, मन बढ्यो झन् देखे !
नभए यौटै पीर, भए हजार भन्छन्,
दिनैपिच्छे अकुत, धन बढ्यो झन् देखे !