आँगनिमा पञ्चेबाजा, बजाउने दिन आएन त
रातो साडि घुम्टोले खै, सजाउने दिन आएन त
उनकै हात समातेर, साथ लागि गए पछि
घुँटो खोल्दा नयन झुकाई, लजाउने दिन आएन त
सगिं सँग मेरै उनि, सबैभन्दा राम्रो भन्दै
उनकै नाम चारै तिर, भजाउने दिन आएन त
चुरा पोते टिका अनि, सिन्दुरले सिउदो भर्दै
मै राम्री भै अरु संग, दजाउने दिन आएन त
दु:ख सु:ख जिन्दगीमा, पर्छ मेरी सानि भन्दै
मुस्कानले मन लुट्दै, कजाउने दिन आएन त