अघि बढ्दै जान सक, तय गर बाटाहरू,
कतै चोटहरू भए, बस्दै जाऊन् खाटाहरू !
नयाँ बोट उमारेर, फुलाउनू फलाउनू,
फेला परून् सजिलै र, फुट्दै जाऊँन् राँटाहरू !
मान्छेको यो जिन्दगानी, कारोबारमै बित्ने हो कि?
घाटाले मन दुख्या' भए; पूर्ति होऊन् घाटाहरू !
जीवनको बोझ उठाउन, आफन्तको आड चाहिन्छ,
आएपछि जाने हामी, पर्नै हुन्न फाटाहरू !
थाहै नदि' हामीलाई, पालोफेरो गर्दा रै'छन्,
अब भने आइरहून्, सब उज्याला पाटाहरू !
के सम्झन्छन् अरू?म त, जिन्दगानी गोठ सम्झिन्छु,
दरिला भै' रहून् सारा, साटा अनि भाटाहरू !
कतै चोटहरू भए, बस्दै जाऊन् खाटाहरू !