अघी पछी जन्ती थिए ,तिमी थियौ मेरो साथ
अग्निलाई साछी राखी ,थामेकी थियौ मेरो हात !!
कती सुहाएको जोडी भन्थे ,खुसिले गद्गद थिए सबै
लजाउदै लुकी लुकी हेर्थ्यौ ,हेराइ मै लाग्थ्यो मात !!
सिउदो मा सिन्दुर हाली ,ल्याएको थिए आफ्नो बनाइ
घुम्टो फ्याकी टाफ कसेछौ ,गर्यौ किन विश्वाश घात !!
मन्द मन्द मुस्कुराउदै तिमीले ,स्वागत गर्छौ भनेको त
उफ्फ ! खाटत रित्तो रित्तो ,दुलहीबिना केको सुहाग रात !!