आहाँ आहाँ कुरीकुरी कस्तो कुरा गर्छे ।
मन्दमन्द मुस्कानसंगै मेरो छेउँ सर्छे ।।
आँफु सोझो गाउँलेको छोरो लाटो परे ।
सुम्सुमाउदै घरीघरी कस्तो आँखा तर्छे ।।
सोर्ह बर्से जवानीले छोए जस्तो छ त ।
किन होला जबर्जस्ती मेरो माथि मर्छे ।।
कस्तो रोग लागेछ नी लौन मोरिलाई ।
जता जान्छु उतै मेरो नजर सामु पर्छे ।।
मन्दमन्द मुस्कानसंगै मेरो छेउँ सर्छे ।।