ऐठन भयो सपनीमै, सगरमाथा ढल्या रैछ ।
बिउँझी हेरेँ गाँउ शहर, घरहरु जल्या रैछ ।
अराजकको भुमरीले, गाँजेको छ देश मेरो ।
उन्नतिका पाईलाहरु, एकाएक गल्या रैछ ।
अँध्यारोमै रमाउँछन, उज्यालोलाई छेक्नेहरु ।
दिउँसै मध्य सडकमा राँकोहरु बल्या रैछ ।
जुनै तन्त्र आए पनि, फेरिएन गरिबको बास ।
जनताका छाती माथी, बन्दुकहरु चल्या रैछ ।
आष थियो करोडलाई, तर अर्को बाटो मागे ।
हिँजोका ति बाचा आखिर, हामीलाई छल्या रैछ ।।