अैया अैया भन तिमी, म कुटे जस्तो गर्छु,
सबै दिए जस्तो गर तिमी, म लुटे जस्तो गर्छु !!
भुङग्रामा धेरै भयो रित्तो हाडी तातिएको,
घान मजाले लगाउ तिमी म, भुटे जस्तो गर्छु !!
हामी दुई को सम्भन्ध सबैलाई थाहा नै छ,
दुई मुटु एकै हो भन, म छुटे जस्तो गर्छु !!
कस्तो मिल्या जोडी हाम्रो दुनियाँले वाहा-वाहा गर्छन,
नजिक जोडीएझै गर तिमी, म फुटे जस्तै गर्छु !!
झगडा गरे जस्तै गर तिमी, म नाता टुटे जस्तै गर्छु !!